April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिन रास्वपामा ह्विप जारी, जनमत पार्टीले पनि दिने

1.1K

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। गत फागुन २१ मा नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि प्रतिपक्षमा रहँदै आएको जनमत पार्टीले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै जनमतले विश्वासको मत दिन लागेको हो। संघमा जनमत पार्टीका ६ जना सांसद रहेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक पनि बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानेको कार्यकक्षमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने तयारी गरेको छ।

Advertisement

सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गर्दैछन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएकाले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।