काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।
गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो ।
सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ ।