March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

कवितामार्फत पहिचानको मुद्दाको विषय उठान गरेको छु – कवि भगिश्वर लिम्बु

सीता तुम्खेवा
२०८० माघ २७

3.5K

कवि भगिश्वर लिम्बु पेशाले पत्रकार हुन् । विगत दुईदशकदेखि सक्रिय पत्रकारिता गरिरहेका लिम्बु तेह्रथुमस्थित रेडियो मेन्छ्यायेममा स्टेशन मेनेजर छन् । उनी सानै उमेरदेखि साहित्यमा रुची राख्थे । पत्रकार महासंघ तेह्रथुमका पूर्व उपाध्यक्षसमेत रहेका लिम्बु नागरिक दैनिकमा आवद्ध छन् । मेयरको प्रेससल्लाहकार, राज्यमन्त्रीको प्रेससल्लाहकार, संघीय मन्त्रीको प्रेससल्लाहकार र बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको भिषिकोसमेत प्रेसफसल्लाहकार बनिसकेका मनोज कविता लेख्न सुरु गरेको १ वर्ष भित्रै संग्रह निकालेको दावी गर्छन् । उनको हालसालै ‘थोःक्ला’ कवितासंग्रह प्रकाशित भएको छ । देवनागरी र श्रीजंगा लिपीमा प्रकाशन गरिएको यस संग्रहले अहिले राम्रो चर्चा पाइरहेको छ । सोही सिलसिलामा कवि तथा पत्रकार भगिश्वर लिम्बुसँग नेपाल मामिलाको लागि गरिएको छोटो कुराकानीको अंश यहाँ प्रस्तुत छ:

हालै प्रकाशित तपाइँको कवितासंग्रह ‘थोःक्ला’ बारे पाठकलाई प्रष्ट पारिदिनुहोस् न ?
–थोक्लाको बारेमा जो लिम्बु समाजमा बसेको हुन्छ उसले सहजै बुझेको हुन्छ तर पछिल्लो पीढिमा चाहीँ थोक्ला दिने वा जाने चलन हराएको छ । त्यसैले छोटोमा भन्दा चेलीले माईतीलाई, त्यो पनि विदेश धन कमाउन गएको बेला उसको नाममा चौपाया पालेर पछि विदेशबाट माईतीघर आउँदा चेलीले कोसेलीसहित ‘थोःक्ला’ लान्छ । र, उसले त्यसबापत रकम वा जिन्सी पाउँछ । त्यसलाई थोःक्ला भनिन्छ । थोक्लालाई नेपालीमा ढोयो भनिन्छ ।

पछिल्लो पुस्ताले मातृभाषा बुझ्न छाडिसके । खस भाषा हुँदै अहिले अंग्रेजी प्रभाव बढ्दै गएको पाइन्छ । यस्तो अवस्थामा तपाईँले याक्थुङ भाषामा संग्रह निकाल्नुभयो । ’निकाल्नलाई निकाले जस्तो’ मात्रै होला कि पाठकले पढ्छन् पनि ? प्रतिक्रिया पनि आउदै होलान् ?
–मेरो कवितासंग्रह पढ्नेले राम्रो भनेका छन् । पढ्न नपाएकोले किताब मागिरहनु भएको छ । मैले भाषा बुझ्ने लिपि नबुझ्नेको लागि देवनागरी लिपि र लिपि बुझ्नेका लागि श्रीजङगा लिपिमा कवितासंग्रह प्रकाशन गरेको हो । जम्मा १ हजार प्रति निकालेको छु ।

Advertisement

हराउदै गएको ‘थोःक्ला’ संस्कृतिलाई कवितामा बुनेको तपाइँको भनाइ छ, पहिचान संकटमा पर्दै गएको अहिलेको अवस्थामा यस संग्रहको प्रभाव कस्तो रहला ?
–अहिले देशका सबै तहतप्कामा समस्या छ । यो पृथ्वीमा जीवित प्राणी सबैलाई समस्या छ । हामी त चेतनसिल प्राणी हो । यहाँका जीवजन्तुले त केही न केही छोडेर जान्छन् भने अलिअलि साहित्य बुझेकोले पनि कृति निकालिएन भने त हाम्रो अस्तित्व के रहन्छ र ?

कवि भगिश्वर लिम्बुको कवितासंग्रह ‘थोक्ला’को पुस्तक आवरण ।
कवि भगिश्वर लिम्बुको कवितासंग्रह ‘थोक्ला’को पुस्तक आवरण ।

व्यवसायको हिसाबले तपाइँसँग मन्त्रीको सचिवालयमा काम गरेको अनुभव पनि छ । राजनीति र साहित्यमा पहिचानको अवस्था कस्तो पाउनुहुन्छ ?
–अनुभवको हिसाबले त मेयरको प्रेससल्लाहकार, राज्यमन्त्रीको प्रेससल्लाहकार, फुलमन्त्रीको प्रेससल्लाहकार र बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको भिषिको समेत प्रेसफसल्लाहकार हुनु चानचुने कुरा होईन । तर, यस्तो अवस्थामा पनि साहित्य लेख्न खोज्नु चै महत्वपूर्ण कुरा हो । साहित्यको पहिचान भनेको समाजको दर्पण हो ।

तपाइँ पत्रकारिता पनि गर्नुहुन्छ, प्रायः साहित्यकारहरू पत्रकारिता गर्छन् । साहित्य र पत्रकारिता परिपुरक हुन् कि साहित्यकारको बाध्यता ?
–यो समाजमा हुने घट्ना क्रमलाई सबैसम्म पुर्याउनुलाई पत्रकारिता भनिन्छ । तर घटनाको बारेमा सजग गराउनु चै सािहत्य हो ।यी दुवै पुरिपुरक हुन् ।

फुटकर कविताहरू धेरै अघिबाट लेख्दै आउनुभएको हो, संग्रह निकाल्न अलिक ढिला गर्नुभएको हो ?
–मैले कविता लेखेको १ बर्ष भित्र संग्रह निकालेको हो । त्यसैले ढिला भएको भन्न मिल्दैन ।

अन्त्यमा, साहित्यिक प्रसंगभन्दा फरक प्रश्न सोध्न चाहेँ । अहिले प्रदेश १ मा प्रदेश नामकरण, पाथिभरामा केवलकार निर्माण लगायतका पहिचानको मुद्दाहरू सतहमा आएका छन्, यसमा तपाइको व्यक्तिगत धारणा के छ ?
–म अहिले सहित्यको पुस्तक प्रकासन गर्ने सर्जक भएकोले यो प्रङगमा कुरा गर्नु भन्दा पनि मैले पहिचान, नाम परिवर्तनको बारेमा कवितामार्फत कुरा उठान गरेको छु ।