काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज ५३औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण र आगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो ।
नेविसंघले नेविसंघ तयारी समिति र संस्थाक कार्यसमितिका सदस्यलाई सम्मान गर्ने भएको छ । तयारी समितिमा ८ जना र संस्थापक कार्यसमितिका १४ जना सदस्य रहेकोमा ४ जनाको निधन भइसकेको र बाँकी आज उपस्थिति हुने सबैलाई सम्मान गर्न लागिएको जनाइएको छ । नेविसंघले कार्यक्रममा उपस्थित हुन नसक्नेको घरमै गएर सम्मान हस्तान्त्ररण गर्ने भएको छ ।
त्यस्तै, स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजिनक गर्दै छ ।
मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।