April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बेलायतमा एनआरएन र गोर्खाको ब्याज लगाएर भिडेका बक्सरले जिते उपाधि

4.5K

लन्डन । बेलायतमा एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिक बक्सरले प्रतियोगिता जितेका छन् ।

फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा भएको प्रतियोगितामा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडर र ३५ वर्षीय अमेरिकी खेलाडी ज्याकोबबीच भिडन्त भएको थियो । दुई निर्णायकले राइडरलाई ११५–११३ र ज्याकोबलाई ११५–११३ स्कोर दिएका थिए ।

राइडरले सन् २०१० मा व्यवसायिक खेल शुरु गरेसंगै आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन् । तिमध्ये उनले ३१ फाइटमा जित हासिल गरेका छन् भने ५ वटामा पराजय भोग्नु परेको थियो । उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियनको रुपमा पनि परिचित छन् ।

Advertisement

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व 
गर्दै उत्रिएका पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले प्रतियोगिता जितेकामा वधाइ दिएका छन् ।

मगरले राइडरले नेपाली र गोर्खा समुदायको पहिचान अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएको बताउंदै उनलाई छिट्टै एनआरएनए यूके कार्यालयमा सम्मान गरिने पनि जनाए । उनकै अनुरोधमा राइडरले एनआरएनए यूके तथा गोर्खाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलेका थिए । गाहा मगर राइडरका पूर्व प्रशिक्षक हुन् ।

बक्सिङको संसारमा ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनसिप २०१९ का विजेता हुन् ।

विश्वकै एक उत्कृष्ट खेलाडी जोनले यसअघि लस भेगस अमेरिका तथा ओ टु एरिना, लन्डनमा भएका चर्चित बक्सिङ खेलहरुमा एनआरएनए यूके र गोर्खा ब्याज लगाएर खेलेका थिए ।