काडमाडौ । बुकहिलले दक्षिण कोरियाली लेखक हान काङको सन् २०१६ को म्यान बुकर पुरस्कार विजेता पुस्तक ‘द भेजिटेरियन’ अनुवाद ल्याउने भएको छ । विश्व अनुवाद दिवसको अवसरमा शुभकामना दिँदै प्रकाशन गृहले सो कुरा बताएको हो ।
प्रतिलिपि अधिकार लिई नेपाली भाषामा प्रकाशन गर्न लागेको गृहले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । प्रवीण अधिकारीले अनुवाद गरेकोे यो पुस्तक जनवरी २०२२ मा पाठकमाझ आउने भएको छ ।
बुकहिलले गत वर्ष अंग्रेजी भाषाबाट ४ वटा किताब नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको थियो ।