November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा एक लाख संक्रमित थपिँदा २४ सयभन्दा बढीको मृत्यु

2.1K

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ १ लाख १ हजार २३२ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।

नयाँ संक्रमितको संख्यासँगै दैनिक मृतकको संख्या पनि विस्तारै घट्न थालेको छ। भारतमा पछिल्लो २४ घण्टामा २४ सय ४५ को मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ४९ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ७१ लाखभन्दा बढी निको भइसकेका छन् भने १४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

Advertisement

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४२ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ६ हजार संक्रमित थपिएका छन् भने १६१ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ६९ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी संक्रमित थपिँदा ८६६ जनाको मृत्यु भएको छ।