काठमाडौं – आज हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य १०० रुपैँयाले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजाबी सुनपनि १०० रुपैँयाले बढेर प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । आजको बजारमा चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैंयाले बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।