काठमाडौं- साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.५५ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार २ हजार ३ सय ६८.८३ अंकमा रहेको परिसूचक बिहीबार २४२५.२९ अंकमा कायम भएर कारोबार रोकिएको छ।
बिहीबार २.९ वटा कम्पनीको २ करोड १८ लाख ६९ हजार कित्ता सेयर ८० हजार ६ सय ८० पटक खरिद बिक्री हुँदा ९ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
निर्जीवन बिमा समूह, उत्पादन समूह र लघुवित्त समूहको उपसूचक क्रमशः ४१०.३९, १६७ र ८७.२४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४३.२५ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ४१.०८, व्यापार ४.९८, होटल २५.९६, जलविद्युत २२.९१, वित्त १८.२ र जीवन बिमा समूह ४२.४७ अंकले घटेको छ।
बिहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५६ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।