April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सुनको मूल्य बिहीबार प्रतितोला ९२ हजार

1.9K

काठमाडौं- सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँ कायम भएको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको हो।

बुधबार नेपाली बजारमा छापावाल सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले घटेको छ।

बुधबार १२ सय ५० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबारका लागि १२ सय ४५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement