May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

घट्यो सुन चाँदीको मूल्य

1.6K

काठमाडौं– नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार ओरालो लागेको छ। आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार ४ सय रुपैयाँले घटेको हो।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

Advertisement

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार तेजाबी सुन ९१ हजार १ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार ५ ले घटेको छ। आज चाँदी १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।