April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

घरेलु मदिरा ब्रान्डिङ गर्न मन्त्री हाङगामकाे अग्रसरता

1.9K

विराटनगर । प्रदेश १ को घरेलु मदिरा ब्रान्डिङ निर्देशक समितिले घरेलु मदिरा (कोदोको रक्सी) ब्रान्डिङ गर्ने विषयलाई तिव्रताकासाथ अघि बढाउने निर्णय गरेको छ ।

मंगलबारको बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लक्समले ‘घरेलु मदिरा उत्पादन तथा प्रवद्र्धन अवसर र चुनौति’ विषयमा कार्यपत्र पस्तुत गरेका थिए । समितिले घरेलु मदिरा ब्रान्डिङ गर्ने विषयमा नेपाल सरकारसँग समन्व्य गरेर प्रदेश सरकारलाई आवश्यक सुझाव दिने छ ।

त्यस्तै आवश्यकता अनुसार प्राविधिक समिति गठन गर्ने छ । उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकास हाङगामले आवश्यक तयारी पुरा गरेर घरेलु मदिराको ब्रान्डिङ गर्ने विषयलाई महत्वका साथ अघि बढाइरहेका हुन् । मुलुकको बढ्दो व्यापार घाटा कम गर्न घरेलु मदिरा प्रवद्र्धन गर्ने र स्थानीय श्रम तथा सीपको प्रयोगबाट नागरिकलाई स्वरोजगार बनाउने मुख्य लक्ष्य रहेको हाङगामले बताए ।

Advertisement

घरेलु मदिराको उत्पादन तथा बजारीकरण सम्बन्धि ‘बेन्ड भर्सेस ब्रान्ड’ अवधारण कार्यान्वयन अध्ययन तथा सुझाव प्रतिवेदन तयार भएको छ । प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर आवश्यक कानुन तर्जुमा गरेर ब्रान्डिको काम अघि बढाउने विषय प्रदेश बजेटमा समेटिएको छ ।

केही महिना मै घरेलु मदिरा ब्रान्डिङ भएर विश्व बजारमा पुर्याउने योजनाका साथ काम भइरहेको मन्त्री हाङगामले बताए।