April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एनआरएनए यूकेको इङल्याण्ड राज्य परिषदद्धारा नेपाली राजदूतसंग भेट

2.4K

लण्डन । गैर-आवासीय नेपाली संघ बेलायतको इङल्याण्ड राज्य परिषदले लण्डनस्थित नेपाली राजदुतावास पुगेर एक औपचारिक भेटवार्ता गरेको छ । गत अगस्ट महिनामा निर्वाचित इङल्याण्ड राज्य परिषदको नयाँ टोलीको यो नेपाली राजदूतसंगको प्रथम औपचारिक भेट हो ।

गत सेप्टेम्बर ६ मा १२ ए केन्सिङटन प्यालेस गार्डेन्समा भएको भेटवार्तामा राज्य परिषद इङल्याण्डका अध्यक्ष एल. बी. जेड. गुरुङले विभेदमा परेका पूर्व गोर्खाहरुको न्यायका लागि र गैर–आवासीय नेपालीहरुका लागि नेपाली नागरिकताको प्रावधान खुकुलो पार्न आवश्यक सहजीकरण गर्न राजदूतलाई आग्रह गरे । त्यस्तै उनले नेपाली राजदुतावाससंग एनआरएनए इङल्याण्ड राज्य परिषदले नजिक रहेर सहकार्य गर्न चाहेको र त्यसमा दुतावास पनि सकारात्मक हुने विस्वास व्यक्त गरे ।

भेटमा राजदूत लोक दर्शन रेग्मीले भेटमा नवनिर्वाचित सबै सदस्यहरुलाई बधाई दिंदै उनले गैर-आवासीय नेपालीहरुको साझा समस्या समाधान गर्न एनआरएनएसंग सहकार्य गर्ने वचन व्यक्त गरे । राजदूत रेग्मीले नेपाल र उनले सबै एनआरएनएहरुलाई नेपालीको हितका लागि पनि योगदान गर्ने गरी अगाडि बढ्ने आशा पनि व्यक्त गरे ।

Advertisement

दुतावास पुग्ने टोली सदस्यहरुमा इङल्याण्ड राज्य परिषद उपाध्यक्ष भक्त बहादुर दर्जी, सचिव राम प्रसाद पन्थी, सहसचिव मञ्जू कुँवर सुवाल, कोषाध्यक्ष सचिन भट्टराई, सहकोषाध्यक्ष सरोज थापा, सदस्यहरु बलराम सुबेदी र डा. विशाल गुरुङ उपस्थित थिए ।

भेटवार्ताको अवसरमा नेपालीका चर्चित गायक योगश्वर अमात्य पनि उपस्थित थिए ।