January 7, 2026, Wednesday
२०८२ पुष २३
1:37:26 pm

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला

455

भक्तपुर । सिन्धुलीमा गोली लागेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुनकोशी गाउँपालिका–५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीकाअनुसार आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणका घ्याङ्लेख गाउँपालिका–१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो ।

उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । उनको नाइटोबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको हो ।

Advertisement

घटनाको प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको पाइएको हो ।

शव नजिक एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको, मृतकले भिरेको झोलामा बारुद जस्तो देखिने धुलो र फलाम र सिसाको टुक्रा फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई मुचुल्का पश्चात् पोष्टमार्टमको लागि सिन्धुली अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।