January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

मदुरोको पक्षमा जोएल पोल्याकले बहस गर्ने

785

अमेरिकाको हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्षमा अधिवक्ता ब्यारी जोएल पोल्याकले बहस गर्ने भएका छन् ।

अमेरिकी संघीय अदालतको अभिलेखअनुसार मदुरोले आफ्नो कानुनी प्रतिरक्षाका लागि विकिलिक्सका संस्थापक पोल्याकलाई नियुक्त गरेको बीबीसीले लेखेको छ ।

mostbet

पोल्याक तिनै चर्चित वकिल हुन्, जसले लामो समयसम्म जुलियन असान्जको पक्षबाट मुद्दा लडेका थिए ।

Advertisement

असान्जलाई अमेरिका सुपुर्दगी गर्ने प्रयासविरुद्धको कानुनी लडाइँमा पोल्याकको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

मदुरोले अमेरिकामा विभिन्न कानुनी चुनौतीहरू सामना गरिरहेका बेला यो उच्च प्रोफाइल नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।