January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई रिहा गर्न नेपाली कम्युनिस्ट पार्टीको माग

1.4K

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, ‘हामी राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं । भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैँ तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ ।’

mostbet

कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको यो पार्टीको निष्कर्ष छ ।

Advertisement

मदुरोलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको ठहर गर्दै अगाडि भनिएको छ, ‘ यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् ।’

भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले प्रत्याशित हमला गरी कब्जामा लिएको छ। उनीहरूलाई शनिबार न्युयोर्क पुर्‍याइएको छ ।

सेनाको पानीजहाज ‘इवो जिमा’ मार्फत अमेरिका पुर्‍याइएको उनीहरूलाई त्यसपछि सैनिक हेलिकोप्टरमार्फत ‘स्टिवार्ट एयर नेसनल गार्ड बेस’ मा लगिएको थियो । अहिले ब्रुकलिनस्थित न्युयोर्क डिटेन्सन सेन्टरमा हिरासतमा राखिएको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ।