काठमाडौं । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा मंगलबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको हो ।
प्रहरीकाअनुसार बुद्धशान्ति–३ डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मृत हात्ती फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छ ।
डिभिजन वन कार्यालय झापाबाट कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।