January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

सबैलाई एकतामा जुटाउने एनआरएनए उपाध्यक्ष डा. शर्माको प्रतिबद्धता

340

सउल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थालाई एक ढिक्का बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । एनआरएनए कोरियाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन कोरिया आइपुगेका शर्माले संस्थाभित्र विगतमा देखिएको विभाजनप्रति जिम्मेवारी स्वीकार गर्दै क्षमायाचनासमेत गरेका हुन् ।

डा. शर्माले भने, “विभिन्न कारणले संस्थाभित्र फुट सिर्जना भएको छ, त्यसप्रति म क्षमायाचना गर्न चाहन्छु । अब हामी सबैलाई एकतामा जुटाउने दिशातर्फ अघि बढ्नेछौँ ।”

mostbet

उनले आगामी दिनमा एनआरएनए भित्र एकता कायम गर्दै संस्थालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै एनआरएएका दुवै अध्यक्षहरू डा. बद्री केसी र महेश कुमार श्रेष्ठको पहलमा आएको एकताको प्रस्तावलाई कार्यान्वयन गर्न आफू विश्वव्यापी दौडाहामा निस्किएको बताए ।

Advertisement

डा. शर्माले गैरआवासीय नेपाली संघसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट फरक–फरक फैसला आएपछि जटिलता उत्पन्न भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर ६ महिनाभित्र निर्वाचन गर्ने सहमति भइसकेको स्पष्ट पारे ।

संघको १२औँ महाधिवेशन अन्तर्गतको निर्वाचन संशोधित विधान २०२२ बमोजिम हुने तयारी भइरहेको भन्दै राष्ट्रिय समन्वय समितिहरूमा देखिएका विवादहरू विभिन्न मोडालिटीमा छलफलमार्फत समाधान गरी एकता कायम गर्न उनले आग्रह गरे ।

फेब्रुअरी २३, २४ र २५ तारिख काठमाडौँमा हुने गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशनका लागि अध्यक्ष पदका आकांक्षीसमेत रहेका डा. शर्माले केही दिनभित्र नयाँ रोडम्यापसहित घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।