रौतहट । सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।
प्रहरीकाअनुसार रौतहटको गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने वर्ष १८ का राजु सहनीलाई मोटरसाइकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घरतर्फ जाँदै गरेको थिए । सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनीसहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परीक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए ।
उक्त घटनामा संलग्न वडा अध्यक्ष सहनी फरार भएका थिए भने अन्य तीनजना व्यक्तिहरूलाई सोही दिन पक्राउ गरिएको थियो।
वडा अध्यक्षसहित चारैजनामाथि अपमानजनक तथा अमानवीय व्यवहार कसुरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको प्रहरीले जनाएको छ।
तीनैजना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडा अध्यक्ष सहनीको खोजी भइरहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।