काठमाडौं ।मुर्ति तोडफोड गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सर्लाहीको मलंगवामा मन्दिरभित्र पसेर मुर्ति तोडफोड गरेको आरोपमा मलंगवा नगरपालिका ८ बस्ने ३३ वर्षीय राकेश बैठालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंगलवार साँझ मलंगवा ८ स्थित रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाई मन्दिरमा तोडफोड भएको थियो।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा भेट्टाएको प्रमाणका आधारमा बैठालाई पक्राउ गरेको जनाइएको छ ।
बैठाविरुद्ध धर्म सम्बन्धी कसुरमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गर्ने अनुमती लिएर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।