काठमाडौं । काठमाडौंको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको हो ।
शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने आशङ्का गरिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।