स्याङजा – कोदालोले हिर्काएर शनिबार स्याङजामा एक किशोरको हत्या भएको छ ।हरिनास गाउँपालिका वडा नं ५ आग्रीडाँडाका १४ वर्षीय बालक शेरबहादुर थापाको हत्या भएको हो ।
थापाका छिमेकी ३६ वर्षीय रेशम रानाले कोदालोले हानेर किशाेरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
किसोरको घटनास्थलमा नै ज्यान गएको र हत्या गर्नुको कारण बारे अनुसन्धान भइरहेकाे प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । किशाेरकाे हत्या गर्ने रेशम रानालाई प्रहरी पक्राउ गरिसकेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।