November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साउन २१ भित्र वित्तीय प्रतिवेदन सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

2.8K

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले अब आर्थिक वर्ष सकिएको २१ दिनभित्र चौथो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरी २१ दिनभित्र संक्षिप्त वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो।

चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

Advertisement

यसअघि यस्तो प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो।

उक्त अवधि घटाएर राष्ट्र बैंकले २१ दिनमा झारेको हो। चौथो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशित गर्ने म्याद घटाए पनि अरु त्रैमास (पहिलो, दोस्रो र तेस्रो)को प्रतिवेदन ७ दिनभित्र प्रकाशित गर्नुपर्ने पुरानो व्यवस्था भने यथावत नै छ।