वाणिज्य विभागद्वारा असोजमा ४ सय व्यवसायमाथि अनुगमन
काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजभर ४ सय वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ। विभागले महिनाभर गरेको अनुगमनका क्रममा ५१ वटा कम्पनीलाई कारबाही गरी २६ लाख २२ हजार रुपैयाँ बराबर जरिवानासमेत गरेको छ। खाद्यान्न किराना पसल १४३ वटा, अनलाईन व्यापार कम्पनी १३ वटा, औषधि पसल ४४ वटा, कपडा पसल ४२ वटा, चस्मा पसल ११...