February 15, 2026, Sunday
२०८२ फाल्गुन ३
1:37:26 pm

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

335

काठमाडौं । नेपालले ट्वान्टी–२० विश्वकपमा पहिला ब्याटिङ गर्ने भएको छ । आइतबार मुम्बईको वानखडे रंगशालाको मैदानमा टस जितेपछि वेस्ट इन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

कप्तान रोहित पौडेल ज्वरो आएका कारण शनिबारको प्रशिक्षणमा सामेल थिएनन् । तर टसमा आएसँगै उनी खेल्ने भएका छन् ।

नेपालले स्पिनर ललित राजवंशीको स्थानमा मिडियम पेस अलराउन्डर सोमपाल कामीलाई खेलाएको छ । प्रतियोगितामा यो उनको पहिलो खेल हो । उनी तेस्रो पटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Advertisement