February 3, 2026, Tuesday
२०८२ माघ २०
1:37:26 pm

बी–१३ समितिको अध्यक्षमा इन्द्र गुरुङ चयन

1.7K

लन्डन । बी–१३ समितिको अध्यक्षमा इन्द्र गुरुङ चयन भएका छन् । शनिबार आयोजित सदस्यहरुको भेलाबाट उनी अध्यक्षमा चयन भएका हुन् ।

यस्तै, समितिको उपाध्यक्षमा रुम बहादुर गुरुङ, सचिवमा सुदीप तामाङ, सहसचिवमा भीम काजी गुरुङ र कोषाध्यक्षमा सुमन गुरुङ चयन भएका छन् भने सदस्यहरुमा रोशन गुरुङ र भीम विश्वकर्मा चयन भएका छन् ।

बी–१३ यूकेमा रहेको एक गैर–नाफामूलक सामुदायिक फुटबल संस्था हौं । यस संस्थाले खेलकुदमार्फत कोष संकलन गरी विभिन्न सामाजिक कार्यक्रमहरू र परोपकारी कार्यहरूमा सहयोग पु¥याउने गरेको छ ।

Advertisement