February 3, 2026, Tuesday
२०८२ माघ २०
1:37:26 pm

इलामेली समाज हङकङद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

965

इलामेली समाज हङकङले गत असोज महिनामा इलाम जिल्लामा आएको बाढीपहिरोका कारण ज्यान गुमाएका परिवार तथा घाइते पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग आज इलाम अरणिको सङ्ग्रहालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

संस्थाले इलाम जिल्लाभरका बाढीपहिरो पीडितका लागि कुल १० लाख ४९ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भीम चापागाईं लगायतको उपस्थिति रहेको थियो।

राहत सहजीकरणमा इलामेली समाज हङकङका पूर्व अध्यक्ष दलबहादुर गुरुङ, संस्थाका सदस्य शिशिर राई तथा इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भूमिका निर्वाह गरेका थिए।

Advertisement

सन २००१ मा स्थापना भएको इलामेली समाज हङकङले प्राकृतिक विपद्, आकस्मिक दुर्घटना, स्वास्थ्य उपचार सहयोग, शिक्षा तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। संस्थाले बाढीपहिरो, आगलागी, महामारीलगायत विपद्का बेला पीडित परिवारलाई राहत तथा आर्थिक सहयोग गर्दै आएको छ भने विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, उपचारको अभावमा रहेका बिरामीलाई आर्थिक सहायता तथा समाजसेवाका विविध मानवीय कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

संस्थाका हालका अध्यक्ष बसन्त बिपिन छन् ।