पश्चिम नवलपरासीमा टायल्स उद्योगमा कार्यरत दुईजना मजदुरको मृत्यु भएको छ । बुधबार राति बर्दघाट नगरपालिका–१२ स्थित कजारिया टायल्स उद्योगमा कार्यरत एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन् ।
उद्योगको ग्यासी फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परिक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ ।
घट्ना बिहान ३ बजे तिरको भए पनि प्रहरीलाई बिहान ७÷८ बजेतिर मात्रै खबर गरेको र उद्योगले घटना लुकाउने प्रयास गरेको आरोप लगाउँदै मृतकका आफन्तले घटना ‘शंकास्पद’ भएको भन्दै प्रदर्शन गरेका छन् ।