November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

800

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९ बजे ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन् । घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४८ वर्षीय चन्द्रबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन् ।

जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Advertisement

घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।