काठमाडौं । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ काठमाडौं तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल छन् ।
प्रहरीकाअनुसार उनले फेसबुकमा सुवेदी अभिशेक नामको आईडी खोलेर दुवईमा रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेका थिए । त्यसपछि विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको हो ।
उनीविरुद्ध अहिलेसम्म २ लाख १५ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ ।
पक्राउ परेका पौडेललाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।