April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पक्राउ

350

रौतहट । रौतहटमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको सदरमुकाम गौरस्थित राईस मिलको  बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।

बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका  जयसवाललाई  रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

Advertisement