April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लागुऔषध सहित १२ जना पक्राउ

2.3K

विराटनगर। झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय राजेश मादेन, २६ बर्षीय राकेस मादेन, मन्जिल लिम्बु, ३९ बर्षीय तिलक गुरुङ र २८ बर्षीय सरोज बस्नेतको साथबाट ४ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले इलामको सुर्योदय नगरपालिका-८ घर भई हाल बुद्धशान्ती गाँउपालिका-४ मा बस्दै आएका २१ बर्षीय पञ्चसिङ तामाङ र ४० बर्षीय तारानिधी घिमिरेलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको शिवशताक्षी नगरपालिका-२ का २६ बर्षीय राजेश लिम्बु, कमल गाँउपालिका-५ का २२ बर्षीय राजु धिमाल, शिवसताक्षी-३ का १९ बर्षीय एन्जील लिम्बुलाई प्रतिबन्धित लागुऔषध Tramadol २६० क्यापसुलसहित पक्राउ गरेको हो ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले धरान-१९ का १९ बर्षीय समिर परियारलाई ट्रामाडोल ५०० क्याप्सुल र डिकोलिक ४८० ट्याब्लेट औषधी सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बुप्रिनोर्फिन, फेनार्गन र डाइजेपाम गरी जम्मा ३६ एम्पुल औषधी सहित त्रियुगा- १२ की २३ बर्षीया सपना राई र त्रियुगा- १० का १८ बर्षीय अभिशेक थापा मगरलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।