April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकिएको हो ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमण र सुदूरपश्चिमको सरकार विस्तारबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिउँसो भारत जाँदैछन् ।

Advertisement