April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

शनिबार हुइँकाएको स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु, स्थानीयद्वारा गाडीमा आगजनी

1.8K

बुटवल । रुपन्देही स्कुल बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा
नगरपालिका ४ महुवारीमा बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

ठक्करबाट मृत्यु हुनेआ २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुविना खातुन रहेका छन् ।

शनिबार कुदाइएको बसको ठक्करबाट मोटरसाइकलमा सवार मोहम्मद र रुविनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन् । उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन् । घटनापछि बस चालक फरार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।