April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

1.2K

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार २१ औँ राउन्डका खेल हुन लागेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा खेल हुनेछन् । २ बजेबाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिमबीचमा प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल साँझ ६ बजेबाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । खेल ३ बजेबाट सुरु हुनेछ भने एपिएफ फुटबल क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement