April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगर परिक्रमा

2.1K

विराटनगर । राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइएको छ । एसिया कप छनोटअन्तर्गत भएको लिग टु मा उपाधि विजेता भई एसिया कपमा छनोट भएको टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले सम्मानसहित नगर परिक्रमा गराएको हो ।

विराटनगर विमानस्थलबाट राष्ट्रिय टिमका खेलाडीलाई स्वागतसहित विराटनगर परिक्रमा गराएको हो । विमानस्थलमा औधोिगक संस्थका पदाधिकारी र सर्वसाधारणले राष्ट्रिय खेलाडीहरुलाई स्वागत गरेका छन् ।

खेलाडीहरूलाई कंचनाबारी चोकबाट र्रयालीसहित बरगाछी, तीनपैनी चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै पुनः बरगाछीसम्म परिक्रमा गराएको थियो ।

Advertisement

आज साँझ विराटनगरमा रात्रिभोजसहित खेलाडीको सम्मानमा कार्यक्र गर्ने संगठनले जनाएको छ ।