April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

1.4K

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै, शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

Advertisement

चैत १९ गते दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने देशका पहाडी भूभागमा आंशिक बदली रहने भएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी, चैत २० गते दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य तथा बाँकी भूभागमा आंशिक बदली रहने भएको छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।