April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बराहक्षेत्र प्याब्सनको नगरस्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

2.4K

बराह राइजिङ स्टार र स्काई इ. स्कुलले काट्यो जिल्ला स्तरीय प्रतियोगिताको टिकट

नडाहा । बराहक्षेत्र नगर प्याब्सनको नगरस्तरीय लोकनृत्य प्रतियोगितामा बराह राइजिङ स्टार इङ्लिस स्कुल , बराहक्षेत्र –२ विजेता बनेको छ ।

शुक्रबार सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल, बराहक्षेत्र –५ को सभाहलमा सम्पन्न सो प्रतियोगितामा अन्य स्थानमा भने स्काइ इङ्लिस स्कुल, बराहक्षेत्र –३, नडाहा, सिद्धार्थ मेमोरियल इ. स्कुल, बराहक्षेत्र – ५, र भरौल बाल विद्या मन्दिर , बराहक्षेत्र –३ नडाहा क्रमशः दोश्रो, तेस्रो र सान्त्वना बन्न सफल भए । प्रतियोगितामा उत्कृष्ट –२ बनेका बराह राइजिङ स्टार र स्काई इङ्लिस स्कुलले प्याब्सनको जिल्ला स्तरीय नृत्य प्रतियोगिताको टिकट काटेको छ । सो २ स्कुलले आउँदो मङ्सिर १६ गते हुने सुनसरी जिल्लाभरिका गाउँपालिका तथा नगरपालिका प्याब्सनका उत्कृष्ट २ टोलीहरुबिच प्रतियोगिता हुनेछ ।

कार्यक्रममा सहभागिहरु

प्रतियोगिताका प्रमुख अतिथि प्याब्सन सुनसरी जिल्ला कार्य समितीका अध्यक्ष अनुप योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा निर्णायक मण्डलको रुपमा नृत्य निर्देशक एवम सिनेकर्मी युबराज लुइटेल र अर्का नृत्य प्रशिक्षक अमित प्रसाईं रहेका थिए । प्रमुख अतिथि, अतिथि लगायतले बिजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै अनुप तामाङ योन्जनले निजि विद्यालयहरु पढाईका अलाबा हरेक अतिरिक्त क्रियाकलापमा अब्बल रहेको बताए । निजि विद्यालयहरुले राम्रा खेलाडी, राम्रा गायक, राम्रा चित्रकार लगायत सबै बिधाका प्रतिभाहरु उत्पादन गरेको समेत बताए ।

कार्यक्रम बराहक्षेत्र नगर प्याब्सनका अध्यक्ष कृष्ण तामाङको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रमलाई सचिव खेम राईले संचालन गरेका थिए ।