April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धनकुटामा धारिलो हतियारबाट काकाको हत्या

२०७९ कार्तिक २३

3K

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्।

बिहान उठेर घरमा बसिरहेका बेला आएका तेजबहादुरले पछाडिबाट धारिलो हतियारले घाँटी काटेको प्रहरीले जनाएको छ। साइनोले काका पर्ने भगिश्वरको तेजबहादुरले हत्या गरेका हुन्।

मानसिक सन्तुलन ठीक नभएका तेजबहादुरले धारिलो हतियारले आक्रमण गरेका थिए। प्रहरीका अनुसार आक्रमण पछि घाइते भएका भगीश्वरको स्थानीय पुग्दा मृत्यु भइसकेको थियो।

Advertisement

घटनापछि सूचना पाएको प्रहरीले टोली पठाएको र अहिले घटनास्थल पुगेर प्रहरी अनुसन्धान तथा शव जाँचबुझको काम गरिरहेको छ। प्रहरीले ओरोपी तेजबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ।

मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मिराज अधिकारीले जानकारी दिए।
घटनाको प्रारम्भिक अनुसन्धानबाट तेजबहादुर मानसिक रोगी भएको खुल्न आएको एसपी अधिकारीले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।