April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बुस्टर डोज नलगाउनेलाई वडाबाट पाउने सेवासुबिधाबाट बन्चित गर्ने

1.7K

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ । वडाले सुचना जारी गर्दै वडाबासीलाई बुस्टर डोज पूरा गर्न आग्रह समेत गरेको छ ।

वडा सचिव दुर्गाप्रसाद कुवरद्वारा जारी सूचनामा भनिएको छ, ‘यदि अटेर गरी डोज पूरा नगरेमा वडा वाट पाउने सम्पूर्ण सेवासुबिधा रोकिने छ ।’

खोप लगाउन अटेर गर्न थालेकोले तथा तथा सतप्रतिशत खोप सुनिश्चीत गर्न यस्तो निर्णय गरिएको एक सदस्यले बताए । वडामा करिब ३००० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिले सम्म ७० प्रतिशतले मात्र खोप लगाएको उनले बताए ।

Advertisement