April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

गर्भवती पत्नीको हत्या गर्ने पक्राउ

1.6K

काठमाडौं : गर्भवती पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले वीरगञ्जका दिनेशप्रसाद यादवलाई पक्राउ गरेको छ।

पत्नीको चरित्रमाथि शंका गर्दै पटक पटक झगडा गर्दै आएका यादवले आज बिहान २३ वर्षीय पत्नी प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। यादवलाई वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोलबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए।

यादवले बिहान करिब ४ बजेको समयमा घरैमा पत्नी प्रतिमाकुमारीको घाँटी दबाएर हत्या गरेका थिए। घटनाबारे सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ।

Advertisement