शारदा भुजेल, दोहा ।
फिफा विश्वकप २०२२ का लागी आयोजक राष्ट्र कतारले रेफ्री, सहायक रेफ्री र भिडियो म्याच अधिकारीहरु नियुक्त गरेको छ ।
अन्तर्राष्ट्रिय फूटबल महासंघ(फिफा) रेफ्री समितिले फिफा विश्वकप २०२२ का लागि ३६ रेफ्री, ६९ सहायक रेफ्री र २ ४ भिडियो म्याच अधिकारी छनोट गरेको हो।
अधिकारीहरुको छनौट प्रकृयामा उनीहरुको गुणस्तर र फिफा प्रतियोगिताहरु साथै हालका वर्षहरूमा अन्य अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिताहरूमा उनीहरुले प्रस्तुत गरेको प्रदर्शनलाई आधार मानिएको फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइगी कोलिनाले बताएका छन। कोलिनाले विश्वकपका लागि सबैलाई गम्भीरताका साथ तयार रहन आग्रह पनि गरेका छन ।
फिफा विश्वकपको इतिहासमा पहिलो पटक फिफा रेफ्री समितिले तीन महिला रेफ्री र तीन महिला सहायक रेफ्री पनि नियुक्त गरेको छ ।