लन्डन । साहित्यकार दाजु गुरुङको कथासंग्रह ‘लाई–सी’ बेलायतमा पनि सार्वजनिक भएको छ । केहि समय अघि नेपालमा भव्य रुपमा सार्वजनि भएको लाई–सी बेलायतमा पनि सार्वजनि भएको हो ।
फेब्रुवरी १४ का दिन संखुवासभा तमु समाज बेलायतको आयोजनामा बेलायतको फेल्थाममा ‘लाई–सी’ सार्वजनिक भएको हो । समाजका अध्यक्ष विरेन गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा अतिथिका रुपमा समाजका सल्लाहकार अमृत घोन्डे गुरुङ र प्रेम गुरुङ रहेका थिए ।
कार्यक्रममा समाजका कोषाध्यक्ष मणि कुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै सल्लाहकार रमेश गुरुङले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भने सोही समाजका फोटो पत्रकार बाबुराम गुरुङको अगुवाईमा उक्त पुस्तक बिक्री बितरण गरिएको थियो । सो कार्यक्रमको व्यावस्थापन सचिव सलबहादुर क्रोँहङ्गीले गरेका थिए । त्यस्तै प्रेम कुमार क्रोँहगीले कृतिको संक्षेपमा चर्चा गरेका थिए ।
कार्यक्रममा कथाकार दाजु गुरुङले काठमाडौबाट भिडियो कल मार्फत जोडिएर आयोजक संस्था ‘संखुवासभा तमु समाज बेलायत’ र कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
लाई–सी दाजु गुरुङको दोस्रो कथासंग्रह हो । ‘लाई–सी’ को अर्थ चिनियाँहरुले नयाँ वर्षमा आफू भन्दा सानालाई उन्नति प्रगति, सफलता र शुभकामना सहित रातो खाम भित्र केहि रुपैयाँ राखेर दिइनु हो ।
कार्यक्रमका तस्वीरहरु