April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

5.2K

काठमाडौं – सप्तरीमा माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा  एक महिलाको मृत्यु भएको छ। 

झडपमा परी सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ३५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख डीएसपी भुवनेश्वर साहले जानकारी दिए। झडपमा चार जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको छ। 

साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा राति ९ बजे झडप भएको हो। दुवै पक्ष बन्चरो, भाटालगायत सामग्री बोकेर झडपमा उत्रिएको डीएसपी साहले बताए।

Advertisement

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।