April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

भारतमा २४ घण्टामा ९१ हजार संक्रमित थपिए

2K

काठमाडौँ– छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर घट्दो दरमा पाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ६३ हजार ९७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९१ हजार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ९२ लाख ७३ हजार ३३८ पुगेको छ ।

Advertisement

भारतमा हाल ११ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा हालसम्म २ करोड ७७ लाख ७८ हजार ८९४ जना निको भएका छन ।

यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख १ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार १ सय बढीको मृत्यु भएको छ । विश्वमा १५ करोड ९४ लाख ५९ हजार बढी कोरोना संक्रमणमुक्त भएका छन् ।