लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् । बुधबारसम्म करिब २६ सय जनाले आवेदन दिएकोमा राईले आफुले बढी सदस्य बनाएको बताएकी छन् ।
सदस्यता आवेदन दिने अन्तिम समयसीमा १० जुन सम्म तोकिएको छ । समयसीमा नजिकिंदै गर्दा एनआरएनए यूके उपाध्यक्ष राईले बेलायतबाण्सी नेपालीसमक्ष सदस्यता लिन अपिल गरेकी छन् । सामाजिक रुपान्तरणका लागि एनआरएनए यूकेमा प्रत्यक्ष सहभागिता जनाउन उनको विशेष अपिल छ ।
एनआरएनए यूकेको संस्थागत सुधारका लागि विभिन्न एजेण्डासहित मैदानमा उत्रिएकी राईले अग्रजहरु र समुदायबाट पूर्ण साथ र समर्थन पाएको दावी गरेकी छन् । ‘जब म सदस्यता विस्तारमा संलग्न भए, समुदायबाट अप्रत्यासित समर्थनले मेरो आत्माबल थप बढेको छ’, उनले भनिन् ।
एनआरएनए यूके उपाध्यक्ष निर्वाचित हुँदा अत्यधिक मत ल्याएकी रोजिनाले बेलायतस्थित नेपाली डायष्पोराको मन जितिसकेकी छन् । बेलायतबासी नेपाली ईञ्जिनियरहरुको संस्था सोसाइटी अफ नेपलिज ईञ्जिनियर्स इन यूके अध्यक्ष संयुक्त श्रेष्ठले रोजिनाबारे लेखेका छन् – ‘आखिर रोजिनाले मलाई गैर–नेपाली संघको सदस्य बनाएरै छाडिन् । अठोट गरे पछि लागि पर्ने र गरेरै देखाउने संकल्प भएकी महिला रहिछन् उनी ।
उनले हाम्रो सुःख–दुःखमा निरन्तर साथ दिँदै आइरहेकी छन् । भर्खरै मात्र हामीले १० थान अक्सिजन कन्सन्ट्रेटर पठाएर नेपाललाई कोभिडको दोश्रो लहरसँग जुध्न सहयोग गर्ने क्रममा उनले संघको तर्फबाट सहजकर्ताको गहन भूमिका समेत निर्वाह गरिन् । आसन्न निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिएको सुनेर म हर्षित छु ।’
उनी अगाडि लेख्छन्– ‘असाध्यै शालीन, सुशिक्षित र कार्यसमितिमा सार्वाधिक सक्रिय उपाध्यक्षका रूपमा अनुभवी अवश्य पनि रोजिना हुन् । पासा पुचः गुथि युके लण्डन, यूकेमा म अध्यक्ष छँदा हाम्रा सबै सदस्यहरूलाई साथ दिने र सेवा गर्ने मौका उनले कहिल्यै चुकाइनन ्। सयौंलाई भोज पस्कने र ऐला खन्याउन समेत पछि नपर्ने अत्यन्त व्यावहारिक यिनको स्वभावको हामीले प्रशंसा गर्नै पर्छ ।’