काठमाडौं – बैतडीमा जीप दुर्घटना हुँदा ५ जना यात्रुले ज्यान गुमाएका छन्। झुलाघाटबाट गोठलापानीतर्फ आइरहेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको खुलेको छ। दुर्घटनाका घाइतेहरुलाई उपचाचरका लागि जिल्ला अस्पताल ल्याइएको छ।