May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

चेतनाथ दंगालको दशैं गीतले दर्शकको मन जित्दैै

2.5K

काठमाडौ १९ असोज । कोभिडको प्रवेश पछि सुस्ताएको चलचित्र क्षेत्र पनि विस्तारै जुर्मुराउने प्रयत्न गरिरहेको छ ।

संक्रमणका बिचमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका सफल तथा व्यस्त चलचित्र निर्देशक चेतनाथ दंगाल पुनः निर्देशन कर्ममा फर्किएका छन् ।

कोभिडको भय नहटेको अवस्थामा पनि सामाजिक दुरी कायम राख्दै संयम अपनाउँदै चलचित्र निर्देशक चेतनाथ दंगालले दशैंसम्बन्धि गीतको भिडियो सार्वजनिक गरेको हप्तादिनमै राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

Advertisement

नायक दिनेश केसी र आशा केसीको स्वर रहेको ‘परदेशमा बस्न मन छैन’ चार्डपर्वमा परिवारबाट टाढा प्रदेशमा रहेकाहरुको पिडालाई निर्देशक दंगाले मार्मिक ढंगले पर्दामा उतार्ने प्रयास गरेका छन् ।

अमृत भारतीको शब्द, राजकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजोपाध्याय, पुरुषोत्तम दंगाल लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।

चेतनाथ दंगाल निर्देशित पछिल्लो चलचित्र ‘निम्तो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।