पाँचथर । पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् ।
शुक्रबार राति स्थानीय दलबहादुर मगरको घर पहिरोले पुर्दा ३ जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी भइरहेको प्रजिअ न्यौपानेले जानकारी दिए ।