April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नागरिकता विधेयक राष्ट्रिय सभाले पुनः पारित गरेकोमा खुशी छौं : कुल आचार्य

2.9K

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक राष्ट्रिय सभाले पुनः पारित गरेकोमा खुशी ब्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक शुक्रबार बृहत् छलफलपछि राष्ट्रिय सभाले पारित गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।

शुक्रबार अपरान्ह सामाजिक संजालमा प्रतिक्रिया लेख्दै संसदका दुवै सदनबाट फेरि पारित भएर गएको विधेयकलाई राष्ट्रपतिले छिट्टै प्रमाणीकरण गरिदिनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गरेका छन् ।

Advertisement

विधेयक पारित भएसँगै नागरिकताबाट वन्चित नेपाली युवायुवती तथा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने आशा लिएर बसेका लाखौं गैरआवासीय नेपाली नागरिकहरु लाभान्वित हुने अध्यक्ष आचार्यले विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनु भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक आज बृहत् छलफल पछि राष्ट्रिय सभाले पुनस् पारित गरेकोमा हामी खुसी छौं। यस अघि प्रतिनिधि सभाले पनि उक्त विधेयक पुनः पारित गरेको थियो। अब सम्माननीय राष्ट्रपतिज्यूले संसदका दुवै सदनबाट फेरि पारित भएर गएको यो विधेयकलाई छिट्टै प्रमाणीकरण गरि दिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं। यसबाट नागरिकताबाट वन्चित नेपाली युवायुवती तथा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने आशा लिएर बसेका लाखौं गैरआवासीय नेपाली नागरिकहरु लाभान्वित हुनेछन्। यो विधेयक पारित गर्न निरन्तर लागि रहनु भएका सम्माननीय प्रधान मंत्रीज्यू, गृह मंत्रीज्यू, कानून मन्त्रीज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा माननीय सदस्यज्यूहरु लगायत सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। यो विधेयक कार्यान्वयन भए पछि यसले सबै एनआरएनहरुलाई मातृभूमिसंग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र प्रवासी नेपालीसंग रहेको सीप, साधन र श्रोत नेपालमा लगानी गर्न सहज हुने हाम्रो विश्वास छ।
कुल आचार्य
अध्यक्ष
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद